काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी हारलाई आफ्नो व्यक्तिगत असफलताका रूपमा लिन नहुने बताउनुभएकाे छ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) मा ओलीले निर्वाचन परिणामको नैतिक जिम्मेवारी आफ्नो भागमा पर्ने स्वीकार गर्दै संकटको समयमा पार्टी छाडेर भाग्ने नभई पुनर्जागरणमा लाग्ने बताउनुभयाे।
ओलीले अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी स्वीकार गर्ने तर अहिले भाग्ने वा दोषारोपणमा अल्झिने समय नभएको उल्लेख गर्नुभयाे। उहाँले पार्टीको हारलाई समग्र परिस्थितिको परिणामका रूपमा विश्लेषण गर्नुपर्ने जाेड दिनुभयाे ।
जनतासँग पातलिँदो सम्बन्ध, नयाँ पुस्तासँगको संवादहीनता, डिजिटल प्लेटफर्मको कमजोर प्रयोग, सांगठनिक सुस्ती तथा स्थानीय मुद्दाभन्दा राष्ट्रिय भाषणमा बढी केन्द्रित हुनु चुनावी हारका कारण रहेको ओलीको भनाइ छ।