Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

बाँकेको थापा पोलिक्लिनिक घटना : पेसागत संघसंस्थाहरूद्वारा निष्पक्ष छानबिनको माग

बाँकेको थापा पोलिक्लिनिक घटना : पेसागत संघसंस्थाहरूद्वारा निष्पक्ष छानबिनको माग

images

इच्छाकामना न्युज

२०, आश्विन २०८३
बाँकेको थापा पोलिक्लिनिक घटना : पेसागत संघसंस्थाहरूद्वारा निष्पक्ष छानबिनको माग
images

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित थापा पोलिक्लिनिकमा गत असोज १७ गते अपरान्ह घटेको घटनाप्रति स्वास्थ्य सेवामा आबद्ध विभिन्न पेसागत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

शनिबार स्वास्थ्यकर्मीलाई महिलाले झापड हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । स्वास्थ्य जाँच गर्न आएकी युवतीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीमाथि एक महिलाले हातपात गरेकी थिइन् । नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी ठहर भएमा कानून बमोजिम कारबाही गर्न माग गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य छानबिन गरी दोषी ठहर भएमा कानून बमोजिम कारबाही हुने कुरामा हाम्रो विमति छैन, तर कसैले एकपक्षीय आरोप लगाएका भरमा कार्यक्षेत्रमा प्रवेश गरी गाली बेइज्जती गर्नु, हातपात गर्नु र आफैँ दोषी करार गर्नु कानुनको उपहास हो।’ 

839126293_1763704044679043_5896113640198773996_n_cLP9nB6lvC.webp

यस्ता कार्यले स्वास्थ्य क्षेत्रमा कार्यरत आम स्वास्थ्यकर्मीहरूको मनोबल गिर्न गई स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या पर्न सक्ने भन्दै संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। त्यसैले उक्त घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषी ठहर भएमा मात्र कारबाहीको प्रक्रिया अघि बढाउन माग गरिएको छ। 

विज्ञप्तिमा नेपाल चिकित्सक संघका महासचिव डा. विश्व राज दवाडी, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष अधिवक्ता बसन्त कुमार श्रेष्ठ र नेपाल जनस्वास्थ्य संघका कार्यवाहक अध्यक्ष तेज प्रसाद दुलालले हस्ताक्षर गरेका छन्। 

images
प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - १६:४९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology