Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कांग्रेस उपसभापतिमा आचार्यको उम्मेदवारी, चार बजेसम्म

कांग्रेस उपसभापतिमा आचार्यको उम्मेदवारी, चार बजेसम्म

images

इच्छाकामना न्युज

२०, आश्विन २०८३
कांग्रेस उपसभापतिमा आचार्यको उम्मेदवारी, चार बजेसम्म
images

काठमाडाैँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा मधु आचार्यले उपसभापतिमा उम्मेदवारी दिने भएका छन्। महामन्त्रीमा उम्मेदवारी दिने चर्चा भए पनि आचार्यले आज उपसभापतिमा मनोनयन दर्ता गराउने बताउनुभयो।

विशेष महाधिवेशन र पार्टी रूपान्तरणको एजेन्डा पूरा गर्न उपसभापतिमा उम्मेदवारी दिन लागेको आचार्यको भनाइ छ।

संशोधित विधानअनुसार एक वरिष्ठसहित चार जना उपसभापति हुने व्यवस्था छ। चारमध्ये एक पदमा महिला अनिवार्य गरिएको छ भने दुई पदमा खुला प्रतिस्पर्धा हुनेछ।

महाधिवेशनअन्तर्गत आज मनोनयन दर्ता हुँदैछ। अहिले मनोनयन फाराम वितरण भइरहेको छ भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

images
प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - १२:३०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology