Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अस्ट्रेलियाका विभिन्न राज्यमा वर्षापछि आएको बाढीले जनजीवन प्रभावित 

अस्ट्रेलियाका विभिन्न राज्यमा वर्षापछि आएको बाढीले जनजीवन प्रभावित 

images

एजेन्सी

८, चैत्र २०७७
अस्ट्रेलियाका विभिन्न राज्यमा वर्षापछि आएको बाढीले जनजीवन प्रभावित 
images

अस्ट्रेलियाका विभिन्न राज्यमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । जनजीवन प्रभावित बनेपछि हिजो बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही क्षेत्रमा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् ।

निर्णयसँगै त्यहाँका बासिन्दाको उद्दार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् ।बिहीबारयता न्यू साउथ वेल्सका नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् ।

केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् ।संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।

राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् । प्रमुख राजमार्ग तथा सडकहरु बन्द भएका वा हुनसक्ने भएकाले ती इलाकामा तय गरिएका सबै भ्रमण रद्द गर्न आफ्ना नागरिकहरुलाई सुझाव दिइएको छ ।

यस्तै सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई गयरातिदेखि सतर्क पारिएको छ ।

यहाँको हक्सबरी नदीमा बाढीको उच्च बहाव छ भने सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु उर्लेका छन् । पश्चिम सिड्नीको पारामाटा र पश्चिमी भित्री सहर म्यारिकभिलमा सडक जलमग्न हुँदा यातायात प्रभावित भएको थियो ।

आज बिहानैदेखि यहाको पिक्टन इलाकामा आपतकालीन सूचनाका लागि सतर्क गरिएको छ र खतरा आइपुग्नु अघिनै बस्ती खाली गरिने बताइएको छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १०:५४:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology