Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

निजी क्षेत्रलाई पहिलोपल्ट तोकिएको प्रसारण शुल्कमै विवाद

निजी क्षेत्रलाई पहिलोपल्ट तोकिएको प्रसारण शुल्कमै विवाद

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
निजी क्षेत्रलाई पहिलोपल्ट तोकिएको प्रसारण शुल्कमै विवाद
images

काठमाडौं । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेर विद्युत् किनबेच गर्न दिने बाटो खोलेको छ । तर, निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण प्रणाली प्रयोग गर्न दिने गरी पहिलोपल्ट निर्धारण गरिएको शुल्कमै ऊर्जा उत्पादक र विद्युत् नियमन आयोगबीच मतभेद उत्पन्न भएको छ ।

विद्युत् नियमन आयोगले चालु आर्थिक वर्ष २०८३र८४ का लागि राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि प्रतिमेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्डका आधारमा यो शुल्क निर्धारण गरिएको हो । तर, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले भने महँगो भएको भन्दै पुनरावलोकन गर्नुपर्ने बताएको छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनका अनुसार शुल्क निर्धारण दरमै निजी क्षेत्रको मुख्य विमति छ । आयोगले मापदण्ड निर्माणका क्रममा निजी क्षेत्रसँग छलफल गरे पनि अन्तिम शुल्क निर्धारण गर्ने क्रममा पर्याप्त छलफल नभएको उनको भनाइ छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - १४:१४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology