Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कांग्रेस बैठकबाट थापाको राजनीतिक प्रतिवेदन पारित

कांग्रेस बैठकबाट थापाको राजनीतिक प्रतिवेदन पारित

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
कांग्रेस बैठकबाट थापाको राजनीतिक प्रतिवेदन पारित
images

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ।

चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य र युवा सहभागितालगायत विषय समेटिएका छन्।

प्रतिवेदनमा पछिल्ला दुई दशकमा कांग्रेसले आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख छ।

युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको स्वीकार गर्दै पार्टी सुधारको संकल्प गरिएको छ।

त्यस्तै, भदौ २३–२४ को जनउभार र कांग्रेसको पराजय, प्रतिपक्षीय भूमिका, निर्वाचन तथा गठबन्धन नीति, वैचारिक नवीकरण, आर्थिक विकास, रोजगारी, कृषि, उद्योग, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, संघीयता, संविधान र संगठन सुधारका विषय पनि प्रतिवेदनमा समेटिएका छन्।

प्रतिवेदनमा प्रधानमन्त्रीको दुई कार्यकालको व्यवस्था, निर्वाचन सुधार, पार्टीभित्र भ्रष्टाचार नियन्त्रण, आन्तरिक अनुशासन तथा युवाका लागि विशेष व्यवस्थासहित ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा कार्यान्वयनका विषयसमेत प्रस्ताव गरिएको छ।

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - १४:०१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology