Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
images

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणामा उहाँ सोमबार बेलायततर्फ प्रस्थान गर्नुभएको हो।

प्रधानसेनापति सिग्देलले यही असोज १९ देखि २५ गतेसम्म बेलायतमा विभिन्न कार्यक्रममा सहभागिता जनाउने नेपाली सेनाले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो।

नेपाली सेनाका अनुसार प्रधानसेनापतिको भ्रमणले नेपाल र बेलायतबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन तथा सैनिक कूटनीतिक माध्यमबाट नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानसेनापति सिग्देल बेलायतमा रहँदा उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।

 

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - १३:५०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology