Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

विपत् र पार्टी एकताको प्रयासले कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भयोः सभापति गगन थापा

विपत् र पार्टी एकताको प्रयासले कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भयोः सभापति गगन थापा

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
विपत् र पार्टी एकताको प्रयासले कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भयोः सभापति गगन थापा
images

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताएका छन् ।

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्बोधन गर्दै सभापति थापाले कानुनी जिम्मेवारी पूरा गर्ने क्रममा महाधिवेशनमा आइपुगेको र यसबीचमा आएको विपत्का कारण पार्टीका कार्यक्रमसमेत प्रभावित भएको बताए । उनले भने, ‘विपत्का कारण हाम्रा कार्यक्रमहरू प्रभावित भए । साथै, पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउने प्रयासमा पनि हामी लाग्यौँ। सबै साथीहरूलाई एक ठाउँमा ल्याउने क्रममा केही कार्यतालिका तलमाथि हुन पुगे ।’

उनले पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्दै उपसभापतिलगायत पार्टीका अन्य नेताहरू तथा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत एकताका लागि सहयोग गरेको बताए । पार्टीको विधानले समेत सदस्यता अद्यावधिकलाई आवश्यक बनाएको भन्दै उनले महाधिवेशनपछि पनि सदस्यता अद्यावधिकको काम निरन्तर अघि बढाउनुपर्ने बताए ।

तर पार्टीभित्रको राजनीतिक परिस्थितिका कारण अद्यावधिक नगरेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुने अवसर दिनुपर्ने अवस्था आएको उनले बताए । त्यसका लागि विशेष राजनीतिक निर्णय गरिएकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको थापाको भनाइ छ ।

उनले सदस्यता विवरण समयमै अद्यावधिक भएको भए महाधिवेशनका क्रममा विभिन्न स्थानमा देखिएका विवाद न्यूनीकरण गर्न सकिने बताए । सबै सदस्यसँग एनसी आईडी नम्बर भएको भए महाधिवेशन सम्पन्न गर्ने क्रममा उत्पन्न भएका झमेला नहुने उनको भनाइ थियो ।

थापाले पार्टीभित्रको एकताका लागि प्रयास गर्दा सदस्यतासम्बन्धी निर्णयसमेत अन्तिम समयसम्म धकेलिएको र त्यसको प्रत्यक्ष प्रभाव महाधिवेशनको कार्यतालिकामा परेको बताए ।

महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी रहेको उल्लेख गर्दै थापाले ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थानको अभावका कारण बन्दसत्र व्यवस्थापनमा समस्या भएको बताए । उनका अनुसार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । बन्दसत्र भने व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भए पनि ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थान पाउन कठिन भएको उनले बताए । बन्दसत्रका क्रममा प्रतिनिधिहरूलाई परेको असहजताप्रति थापाले क्षमासमेत मागेका छन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - १३:४३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology