Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,चालक र सहचालक पक्राउ

काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,चालक र सहचालक पक्राउ

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,चालक र सहचालक पक्राउ
images

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ । तरकारी ९शब्जी०को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाजा सहित दुई जनालाई पक्राउ गरेको हो ।


काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन् । चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा फेला परेको हो । ट्रक रोकेर जाँच गर्दा काउलीको बिचमा लुकाइएको गाँजा भेटिएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रक धनकुटाको सहिद भूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए । प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पक्राउ गरेको छ ।
तरकारी ढुवानीको सामान्य आवरणमा गाँजा ओसारपसार भइरहेको भेटिएपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ । बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर ओलीले बताए ।


प्रहरीले दुवै जनाविरुद्ध लागु औषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पु¥याउने योजना थियो भन्ने खुलेको छैन । धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, यसको वास्तविकता र कारोबारमा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - ११:०४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology