Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

तमुस्यो ह्युल छोंज धीको पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

तमुस्यो ह्युल छोंज धीको पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

images

इच्छाकामना न्युज

१७, आश्विन २०८३
तमुस्यो ह्युल छोंज धीको पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु
images

काठमाडौं। तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। गुरुङ महिला समुदायको हक, अधिकार, पहिचान तथा भाषा–संस्कृति संरक्षणका विषयलाई प्राथमिकतामा राख्दै महाधिवेशन आयोजना गरिएको हो।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङको प्रमुख आतिथ्यमा महाधिवेशनको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा गुरुङ समुदायभित्र विभिन्न संघसंस्था, व्यवसाय तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका तमुस्योहरूलाई सम्मान गरिएको थियो।

महाधिवेशनमा गुरुङ महिलाको सामाजिक भूमिका, अधिकार, पहिचान, भाषा, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा छलफल हुने जनाइएको छ। उद्घाटन सत्र सकिएपछि महाधिवेशनको बन्द सत्र भोलि तमु ह्युल छोंज धीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ। बन्द सत्रबाट तमुस्यो ह्युल छोंज धीको नयाँ कार्यसमिति चयन गरिनेछ।

नयाँ नेतृत्व चयनसँगै गुरुङ महिला समुदायका सामाजिक तथा सांस्कृतिक मुद्दालाई संस्थागत रूपमा थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

 

images
प्रकाशित मिति :आश्विन १७, २०८३ शनिवार - १८:१५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology