Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

ड्युटीमै प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

ड्युटीमै प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

images

इच्छाकामना न्युज

१७, आश्विन २०८३
ड्युटीमै प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
images

धनगढी । कैलालीमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा भजनी नगरपालिका–३ ठेकीपुरचोकमा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद रहेका छन्।उनीहरूले प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीलाई कुटपिट गरेका थिए।


घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरुले सामान बोक्न प्रयोग गरेको से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।  

images
प्रकाशित मिति :आश्विन १७, २०८३ शनिवार - १६:४६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology