Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

कांग्रेस महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मी, दुई एम्बुलेन्स

कांग्रेस महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मी, दुई एम्बुलेन्स

images

इच्छाकामना न्युज

१७, आश्विन २०८३
कांग्रेस महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मी, दुई एम्बुलेन्स
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य सुरक्षाका लागि ध्यानमा राख्दै ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको हेल्थ डेस्कमा पाँचवटा स्टल र दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.केदारनरसिंह केसीका अनुसार सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक उपचारसम्मका सेवा उपलब्ध गराइनेछ।

डा.केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। प्रत्येक सिफ्टमा आठ जना चिकित्सक, पारामेडिक्स र नर्ससहितको स्वास्थ्य टोली खटिनेछ। प्रतिनिधिहरूका लागि रक्तचाप तथा मधुमेह परीक्षणको व्यवस्था गरिएको छ भने सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधिसहितका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।

आकस्मिक अवस्थामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। यसका लागि महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्। आवश्यक परे होटलमै स्वास्थ्यकर्मी पुग्ने गरी ‘अनकल ड्युटी’को व्यवस्था गरिएको छ भने आयुर्वेदिक र एलोप्याथिक औषधिसमेत उपलब्ध गराइने जनाइएको छ।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कबाट आयुर्वेदिक र एलोप्याथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। प्रतिनिधिहरूको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक औषधिको पर्याप्त व्यवस्था गरिएको उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :आश्विन १७, २०८३ शनिवार - १२:१८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology