सिरहा। नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं। ७ गण हेडक्वार्टर सिरहाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।