Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कागेश्वरी मनोहराकी इन्जिनियर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कागेश्वरी मनोहराकी इन्जिनियर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

इच्छाकामना न्युज

१६, आश्विन २०८३
कागेश्वरी मनोहराकी इन्जिनियर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
images

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की र अन्य दुई बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

घर निर्माणको स्वीकृति तथा नक्सा पास गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी इन्जिनियर कार्कीले भवनको संरचनागत विश्लेषण ९स्ट्रक्चरल एनालाइसिस० स्वीकृत गरिदिने भन्दै सेवाग्राहीलाई पटक(पटक दुःख दिएर घुस मागेकी थिइन्। 


सेवाग्राहीको उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिन मध्यस्थकर्ताको भूमिका खेल्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा इन्जिनियर कार्कीले अन्य दुई प्रतिवादी आस्मा कार्की र आशिष पौडेलसँग मिलेमतो गरी कुल दुई लाख आठ हजार रुपैयाँ घुस लिन लगाएको खुलेको छ। घर निर्माणको सिफारिस, नक्सा पास, अस्थायी इजाजत र निर्माण सम्पन्न प्रमाणपत्रलगायतका सम्पूर्ण काममा सहजीकरण गरिदिने सर्तमा उनीहरूले उक्त रकम असुलेका थिए।

अख्तियारले इन्जिनियर कार्कीविरुद्ध दुई लाख आठ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम बिगो बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेको छ।

यसैगरी, गैरकानुनी लाभ लिन मुख्य कसुरदारलाई सघाउने मतियारका रूपमा अख्तियारले आस्मा कार्की र आशिष पौडेललाई पनि प्रतिवादी बनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका(९ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने आस्माविरुद्ध पनि मुख्य कसुरदारसरह दुई लाख आठ हजार रुपैयाँ नै बिगो कायम गरी सजाय माग गरिएको छ।

गोकर्णेश्वरकै अर्का प्रतिवादी पौडेलविरुद्ध भने एक लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरू दुवै जनालाई ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह नै कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - १७:२२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology