Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

दुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

दुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

images

इच्छाकामना न्युज

१६, आश्विन २०८३
दुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
images

ह्वाइट हाउस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा ‘उनीहरूलाई धेरै कडा चोट लाग्नेछ’ भने।

विमानमा सह–पाइलटले कप्तानमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि सङ्घर्ष भएको थियो । साउदी अरेबियामा आपत्कालीन अवतरण गरिएको विमानका यात्रुलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो । साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले कप्तानमाथि आक्रमण गरेको देखाएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको बताउँदै विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाए । युएईका प्रमुख अभियोजकले घटनामा आतङ्कवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको अनुसन्धान भइरहेको बताएका छन् । नेतान्याहुले सह–पाइलट ओमानी नागरिक भएको र इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा पनि जाँच हुने बताए ।

भारतीय नागरिक क्याप्टेन स्मिट मच्छरमाथि आक्रमण भएपछि यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । फ्लाइटराडार २४ का अनुसार विमान एक मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो । घाइते क्याप्टेन मच्छरको स्वास्थ्य राम्रो रहेको भारतीय दूतावासले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरे ।

दुबईको फ्लाई दुबईले आफ्ना अर्का ड्युटीमा रहेका चालक दलका सदस्यले विमानलाई सुरक्षित अवतरण गराएको जनाएको छ। अनुसन्धान जारी रहेकाले इजरायलका लागि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ । यसैबीच अमेरिकी सैन्य उपस्थिति मध्यपूर्वमा बढिरहेका बेला ट्रम्पको चेतावनी आएको हो ।

‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ भने युएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ गइरहेको छ । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले सह–पाइलटलाई नियन्त्रणमा लिन र विमान दुर्घटनाबाट जोगाउन सहयोग गर्ने पाँच इजरायली नागरिकलाई सम्मान गर्ने बताए । 

images
प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - ११:१४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology