Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

images

इच्छाकामना न्युज

१५, आश्विन २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
images

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सबै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण असोज १० गते बिहान १०ः३० बजेदेखि अवरुद्ध भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि आवागमन ठप्प रहने जनाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-०२ चालिसेमा पहिरो खसेपछि आज बिहान ४ः२० देखि सडक एकतर्फी मात्र सुचारु रहेको छ । असोज ८ गते दिउँसो १६ बजे आएको बाढीका कारण बेसीसहर हुँदै खाङ्सार जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका-८ बेलबगरमा खसेको पहिरोका कारण असोज ९ गते साँझ १९ः४५ देखि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा असोज १० गते बिहान ०५ः५० बजे पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका-०४ घुमाउने भीरमा असोज १० गते साँझ १७ः५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द रहेको छ । 

images
प्रकाशित मिति :आश्विन १५, २०८३ बिहिवार - १०:२५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology