Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

तमू प्ये ल्हु संघ चितवनको २३औँ साधारण सभा सम्पन्न, ३४ जना दाता सम्मानित

तमू प्ये ल्हु संघ चितवनको २३औँ साधारण सभा सम्पन्न, ३४ जना दाता सम्मानित

images

इच्छाकामना न्युज

१३, आश्विन २०८३
तमू प्ये ल्हु संघ चितवनको २३औँ साधारण सभा सम्पन्न, ३४ जना दाता सम्मानित
images

चितवन । तमू प्ये ल्हु संघ चितवनको २३औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम मंगलबार भरतपुर महानगरपालिका–४, लंकुस्थित संगोल पार्टी प्यालेसमा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा संघले सञ्चालन गरेको ‘कुल पितृ अदृश्य शक्तिको बासस्थानका धरोहर कोइबो धिं निर्माणार्थ जग्गा खरिद ऐतिहासिक महान अभियान’ मा आर्थिक सहयोग गर्ने ३४ जना दातालाई सम्मान गरिएको छ।

cf42f794-9ce1-4197-b71a-3622d8ba058b.jpeg

अभियानअन्तर्गत ३० हजारदेखि ६० हजार रुपैयाँसम्म सहयोग गर्ने दातालाई सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा तमू प्हे ल्हु संघ चितवनका वरिष्ठ सल्लाहकार टेकप्रसाद गुरुङले दाताहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले तमू प्ये ल्हु संघ चितवनले स्थापनाकालदेखि नै तमू समुदायको संस्कार, संस्कृति,रीतिरिवाज तथा हक–अधिकारका विषयमा निरन्तर काम गर्दै आएको बताए। पछिल्लो समय वर्तमान कार्यसमितिले संस्थालाई थप सक्रिय र व्यवस्थित रूपमा अघि बढाएको भन्दै उनले प्रशंसा गरे।

e2ac7191-8f4b-4a68-bc17-163ecf87122b.jpeg

संघका सल्लाहकार देवेन्द्र ल्हो तमूले संस्थाले जिम्मेवारीपूर्वक आफ्ना गतिविधि अघि बढाउँदै आएको बताए। संस्थाले गर्दै आएका सामाजिक तथा सामुदायिक काममा आगामी दिनमा पनि आफ्नो निरन्तर साथ र सहयोग रहने उनले बताए। त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकहित र अधिकारका विषयमा तमू प्ये ल्हु संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

57daa92b-ef66-4c12-907b-261a80be1ca7.jpeg

उनले संस्थाका गतिविधिमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। यसैगरी हालै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा निर्वाचित चित्र सोल्टी न्हान्सी गुरुङले नयाँ जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताए। उनले सञ्चारकर्मीहरूको हकहितसँगै गुरुङ समुदायका विषयलाई सञ्चारमाध्यममार्फत थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। गुरुङले तमू (गुरुङ) सञ्चारकर्मी संघलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए।

bf0fca32-5c1a-4c00-9758-f0c108143282.jpeg

कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष तुलाराम टु क्लेप्री गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनका निवर्तमान अध्यक्ष तुलमान गुरुङ, हिरालाल गुरुङलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा संघका सचिव कृष्ण तमूले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष रिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। तमू प्हे ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी,सदस्य, सल्लाहकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :आश्विन १३, २०८३ मंगलवार - १८:४३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology