अमेरिकामा २ करोड २६ लाखभन्दा धेरैले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ८६ हजार ४२३ जनाले सङ्क्रणलाई जितेका छन् ।
योसँगै अमेरिकामा सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड २६ लाख १० हजार ३२५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २६८ सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५ लाख ५४ हजार १०४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६५ हजार ९८१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा सङ्क्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।
यसैबीच, भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ महिनादेखि सङ्क्रमण घट्दै गएको भारतमा फेरि सङ्क्रमित बढ्न थालेका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ९ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको यो संख्या वर्षकै धेरै हो । यसअघि ६ चैत्रमा ३९ हजार ६ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ पुगेको छ ।