Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

दुर्घटना न्यूनीकरणमा विद्यार्थीको चासो,चोक–चोकमा टल्कने ड्रम

दुर्घटना न्यूनीकरणमा विद्यार्थीको चासो,चोक–चोकमा टल्कने ड्रम

images

इच्छाकामना न्युज

७, आश्विन २०८३
दुर्घटना न्यूनीकरणमा विद्यार्थीको चासो,चोक–चोकमा टल्कने ड्रम
images

नेपाल पुलिस स्कूल शान्तिपुर चितवनका विद्यार्थीहरूले भरतपुर महानगरपालिका सम्भावित दुर्घटना जोखिम चोकहरूमा रातको समयमा समेत टल्कने स्टिकर सहितका ड्रमहरू राख्न सुरुवात गरेका छन् । विद्यालय शिक्षामा सडक दुर्घटना, सवारी नियमका साथै ट्राफिक प्रहरीको जिम्मेवारी लगायतका विषयमा जानकारी पाएका विद्यार्थीहरूले आज भरतपुरका विभिन्न चोकहरूमा चालिस वटा स्टिकर टासिएका ड्रमहरू राखेका छन् ।

9cdd3085-ca49-4f4e-8b4d-777b8a2acd5b.jpeg

दुर्घटना जोखिम चोकहरूमा सवारी आगमनलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले रातको समयमा समेत टल्कने स्टिकरहरू टाँसिएका ड्रमहरू ट्राफिक व्यवस्थापनका लागि आज एक कार्यक्रमबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल, चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिल थापा विद्यालयका शिक्षक कर्मचारी एवं विद्यार्थीहरूको सहभागितामा भरतपुर महानगरपालिका बुद्धचोक, गीतानगर, चोक बजार, शिवनगर, चनौलीलगायतका क्षेत्रमा सचेतनामूलक स्टिकर टाँसिएका ड्रम राखिएको हो विद्यालयले आफ्नो सीएसआर अन्तर्गतको रकमबाट उपलब्ध गराएको सचेतनामूलक स्टिकर विद्यार्थीहरूले स्कुल आसपासका चोकहरूका साथै दुर्घटना जोखिम रहेका भरतपुरका विभिन्न चोकहरूमा राखिएको विद्यालय समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो।

50ef2668-44a3-4341-9d00-e98130f9e72b.jpeg

नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले नियमित पठन पाठनका साथै विद्यार्थीहरूलाई सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताको विषयमा विशेष प्रशिक्षण गर्दै आइरहेकोले सडक सुरक्षा,मानविय सहायता एवं सहयोगी भावनाको विकास भएको समादेशक थापाले जानकारी दिनु भयो । विद्यालयले विद्यार्थीहरूका साथै शिक्षक,कर्मचारी,अभिभावक समेतलाई दुर्घटना न्यूनीकरण,विपदीय जोखिम न्यूनीकरण,कानुनी एवं सुरक्षा सचेतना साथै सामाजिक व्यवहार आचरणको सम्बन्धमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कक्षा एकदेखि दससम्म पठन पाठन भइरहेको प्रहरी स्कूल चितवनका विद्यार्थीहरूले आफ्नो एक दिन को खाजा खर्च कटाएर करिव एक लाख रूपैया भोटीकोसी बाढी प्रभावितहरूलाई समेत सहयोग उपलब्ध गराएका थिए ।

images
प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - १५:११:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology