Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवन मेडिकल कलेजद्वारा रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

चितवन मेडिकल कलेजद्वारा रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

इच्छाकामना न्युज

३१, भाद्र २०८३
चितवन मेडिकल कलेजद्वारा रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
images

चितवन।चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढीप्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ । अस्पतालले आज बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सकसहित २१ जनाको टोली पठाएको हो । टोलीले आगामी असोज ५ गतेसम्म बाढीप्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिने छ ।

images
images

टोलीको नेतृत्व गर्नुभएका डा वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनलर मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विशेषज्ञ रहनुभएको छ । टोलीले भिडियो एक्सरे, युरिनरी आर/ई, पिएफटी, ल्याब परीक्षणलगायतका सेवा दिने छ । परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइने छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आवश्यक देखिएमा थप चिकित्सक टोली पठाइने बताउनुभयो । अहिले गएको टोलीले पाँच दिन काम गर्ने छ । अवस्था हेरेर अर्को टोली वा सोही टोली थप समयसम्म बस्न सक्छ ।

उहाँले भन्नुभयो, “बाढीपछि हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हामीले स्वास्थ्य टोली पठाएका हाँै ।” सरकारी निकायसँग समन्वय गरेर आवश्यक ठाउँमा सेवा दिइने उहाँको भनाइ छ । रासस

images
प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - १७:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology