Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गाउँपालिकाद्धारा भेडापालनका लागि स्थानीयलाई अनुदान

गाउँपालिकाद्धारा भेडापालनका लागि स्थानीयलाई अनुदान

इच्छाकामना न्युज

३१, भाद्र २०८३
गाउँपालिकाद्धारा भेडापालनका लागि स्थानीयलाई अनुदान
images

भोजपुर। हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ । पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रर्वद्धनमा जोड दिएको हो । भेडापालन व्यवसायको संरक्षणको लागि गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

images
images

गाउँपालिकाले वडा नं ३ मा भेडापालन व्यवसायलाई प्रोत्साहन गर्न रु दुई लाख ७० हजार अनुदान उपलब्ध गराएको छ । ‘थुलुङ गाउँ कृषि तथा भेडापालन’ समूहलाई अनुदान सहयोग गरिएको हो । समूहको २५ प्रतिशत लागत साझेदारी रहेको छ ।

स्थानीय भेडापालक कृषक राजेश थुलुङले हराउँदै गएको भेडापालन व्यवसायलाई निरन्तरता दिन गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । “पालिकाको सहयोगले हामीलाई ठूलो ऊर्जा मिलेको छ”, उहाँले भन्नुभयो, “अहिले यहाँका १२ जना भेडापालक कृषक मिलेर समूह गठन गरी व्यवसायको संरक्षण र विस्तारमा जुटेका छौँ ।”

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गत आर्थिक वर्षमा यो कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । परीक्षण सफल भएपछि चालु आर्थिक वर्षमा बजेट बढाएर निरन्तरता दिइएको छ । गत वर्षको नतिजा सकारात्मक आएकाले यो वर्ष भेडापालन प्रर्वद्धनका लागि रु तीन लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले किसानको आयआर्जन वृद्धि गर्न भेडापालनका साथै अन्य पशुपालनलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वडाभित्र बाख्रापालन तथा बङ्गुरपालन व्यवसायमा लागेका किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्रका मौलिक तथा परम्परागत पेसाको जगेर्ना गर्दै किसानको जीवनस्तर सुधार्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उत्पादन र पशुपालनमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि प्रर्वद्धननात्मक कार्यक्रमलाई थप व्यवस्थित र क्षेत्र फराकिलो बनाउँदै लैजाने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो । रासस

images
प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - १२:४१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology