Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्स चितवन राइनोजको को–स्पोन्सर

हिमालयन एभरेष्ट इन्स्योरेन्स चितवन राइनोजको को–स्पोन्सर

इच्छाकामना न्युज

३०, भाद्र २०८३
हिमालयन एभरेष्ट इन्स्योरेन्स चितवन राइनोजको को–स्पोन्सर
images

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चितवन राइनोजको को–स्पोन्सरका रूपमा निरन्तरता दिएको छ।

images
images

चितवन राइनोजले मंगलबार उक्त साझेदारीलाई निरन्तरता दिएको औपचारिक घोषणा गर्दै यसले दुवै संस्थाबीचको बलियो सम्बन्ध आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्द्धनप्रतिको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउने जनाएको छ।

साझेदारीसम्बन्धी समझदारीपत्र (एमओयू) मा चितवन राइनोजका क्लब अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

चितवन राइनोजले हिमालयन एभरेष्ट इन्स्योरेन्सले निरन्तर गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै एनपीएल सिजन ३ मा थप सफल र प्रभावकारी सहकार्य हुने अपेक्षा गरेको जनाएको छ। चितवन,मकवानपुरलाई आधार बनाएर एनपीएलमा प्रतिस्पर्धा गर्दै आएको चितवन राइनोजले आगामी सिजनका लागि तयारीलाई तीव्र बनाइरहेको छ।

 
 

images
प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १६:४९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology