Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कार आगलागीमा सीजी मोटर्सको प्रतिक्रिया,‘वैज्ञानिक अनुसन्धानमा सहयोग गर्छौं’

कार आगलागीमा सीजी मोटर्सको प्रतिक्रिया,‘वैज्ञानिक अनुसन्धानमा सहयोग गर्छौं’

इच्छाकामना न्युज

३०, भाद्र २०८३
कार आगलागीमा सीजी मोटर्सको प्रतिक्रिया,‘वैज्ञानिक अनुसन्धानमा सहयोग गर्छौं’
images

भरतपुर । भरतपुरमा ‘आयोन वाइ’ विद्युतीय कारमा भएको आगलागीको घटना र यससम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सीजी मोटर्स प्रालिले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

images
images
घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष,प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि सीजी मोटर्सले जनाएको छ।
तर आधिकारिक निकायबाट अनुसन्धानको निष्कर्ष नआउँदै केही सामाजिक सञ्जाल र मिडियामा अपुष्ट सूचना,अनुमान वा एकपक्षीय दाबीका आधारमा घटनालाई अतिरञ्जित गर्ने, नियतबस दोषी करार गर्ने र समाजमा उत्तेजना फैलाउने कोसिस भइरहेको कम्पनीले अनुभव गरेको छ। आधिकारिक निष्कर्ष नआउन्जेल धैर्यपूर्वक प्रतीक्षा गर्न र अनुसन्धानलाई सहयोग पुर्‍याउन सीजी मोटर्सले सबैमा हार्दिक अनुरोध गरेको छ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १५:५७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology