Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

इच्छाकामना न्युज

३०, भाद्र २०८३
मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
images

कैलाली। स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ ।

images
images

पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउवालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिए।

प्रहरीका अनुसार, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १५:३९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology