Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

इच्छाकामना न्युज

३०, भाद्र २०८३
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
images

काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

images
images
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो । १०० रुपैयाँका नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १२:४९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology