Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत

दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत

इच्छाकामना न्युज

२९, भाद्र २०८३
दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत
images

पोखरा । भोटेकोशी बाढी पीडित/प्रभावितहरुलाई राहत एवम पुनर्स्थापनाका लागि तमु धिं नेपालले संचालन गरेको राहत संकलन अभियानमा पोखरा १६ दीप हाउजिङका तमुहरुले साथ दिएका छन । मुलुकमा बिपदका बेला एकमुष्ठ राहत सहयोग गर्ने तमु धिं नेपालको अभियानमा दीप हाउजिङ समाज तमु परिवारले ३ लाख ४२ हजार ५५ रुपैया राहत रकम हस्तान्तरण गरेको हो।

images
images

उक्त रकम दीप हाउजिङ व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वरिष्ठ समाजसेवी मेजर हितमान गुरुङ नेतृत्वको तमु परिवारले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई हास्तान्तरण गरिएको थियो। राहत रकम हास्तान्तर गर्नुहुदै मेजर हितमान गुरुङले भेटेकोशी बाढीले बिपदको बेला तमु समुदायको मातृ संस्था तमु धिं नेपालले उदाहरणीय अभियान संचालन गरेकाले दीप हाउजिङमा बसोबास गर्ने ४० तमु परिवारबाट सानो राहत रकमसहित हालेमालो गरेको बताउनुभयो।

राहत रकम संकलनका लागि दीप हाउजिङका सचिव क्याप्टेन मिनजङ्ग गुरुङको बिशेष भुमिकालाई धन्यवाद दिनुहुदै आगामी दिनमा तमु धिं नेपालसंग अझ निकट रहेर अघि बढ्ने मेजर गुरुङको भनाई थियो। राहत रकम ग्रहण गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दीप हाउजिङमा बसोबास गर्ने सम्पुर्ण सहयोगी तमुहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

बिपदको बेला संस्थाहरु एवम नागरिकले पनि सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै तमु धिं नेपालले संकलित एकमुष्ट राहत सहयोग छिट्टै सबै सहयोगीहरुको विवरणसहित हस्तान्तरण गर्ने, दुखमा पनि सुखमा पनि तमु धिं नेपाल साथै रहने प्रतिवद्दता व्यक्त गर्नुभयो।

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - २०:२१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology