Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीयः आईजीपी दानबहादुर कार्की

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीयः आईजीपी दानबहादुर कार्की

इच्छाकामना न्युज

२८, भाद्र २०८३
काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीयः आईजीपी  दानबहादुर कार्की
images

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

images
images

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट रहेको बताए ।

उनले भने,‘काठमाडौं संघीय राजधानीसँगै राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र हो । यस्तो महत्वपूर्ण सहरमा शान्ति सुरक्षा कायम गर्न, सडक अनुशासन, अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा काठमाडौं महानगर प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। महानगर प्रहरीको यो भूमिका प्रशंसनीय छ ।’

उनले काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा रहेको उल्लेख गरे ।

महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाका नीति, निर्णय तथा निर्देशन कार्यान्वयन गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, सडक अनुशासन, बजार तथा पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण, वातावरण संरक्षण र सामाजिक विकृति नियन्त्रणमा काम गर्दै आएको उनले बताए ।

उनले भने, ‘काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरू रहेका छन्। यस्तो महत्वपूर्ण सहरमा महानगर प्रहरी बलले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा फुटपाथ व्यवस्थापन, बजार र पार्किङ व्यवस्थापन, सरसफाइ, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण र सामाजिक विकृति नियन्त्रणमा तीन दशकभन्दा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

विपद्का समयमा खोज, उद्धार तथा राहतका साथै नेपाल प्रहरीसँगको समन्वयमा समेत महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको कार्कीले उल्लेख गरे । सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल अहिले गौरवमय संगठनका रूपमा स्थापित भएको भन्दै उनले सडक तथा फुटपाथ अतिक्रमण हटाउनेजस्ता काम सहज र लोकप्रिय नभए पनि सहरको स्वरूप परिवर्तन तथा व्यवस्थित बनाउन यस्ता कार्य आवश्यक रहेको बताए ।

कर्तव्य निर्वाहका क्रममा महानगर प्रहरीमाथि आक्रमण तथा कुटपिटका घटना हुने गरेको उल्लेख गर्दै उनले त्यसको समेत प्रवाह नगरी निरन्तर जिम्मेवारीमा खटिनु सराहनीय रहेको बताए । उनले भने, ‘सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल आज गौरवमय संगठनका रूपमा स्थापित भएको छ । सडक तथा फुटपाथ अतिक्रमण हटाउने काम सहज र लोकप्रिय हुँदैन, तर व्यवस्थित र सुन्दर सहर निर्माणका लागि यस्ता काम आवश्यक छन् । कर्तव्य निर्वाहका क्रममा आक्रमण तथा कुटपिटको सामना गर्नुपरे पनि त्यसको प्रवाह नगरी निरन्तर जिम्मेवारीमा खटिनुभएकोमा महानगर प्रहरीको कार्य प्रशंसनीय छ ।’

स्थानीय तहअन्तर्गत काठमाडौं महानगर प्रहरी बलले सक्रियता र कार्यसम्पादनमार्फत उदाहरण प्रस्तुत गरेको भन्दै आईजीपी कार्कीले महानगर प्रहरीको भूमिकाको प्रशंसा गरे ।

images
प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १२:१४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology