Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

इच्छाकामना न्युज

२६, भाद्र २०८३
सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

images
images

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकिएको छ । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ ।

 
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
 

images
प्रकाशित मिति :भाद्र २६, २०८३ शुक्रवार - ११:१६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology