Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना,मानसिक आघात कम गर्न डंगोलको पहल

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना,मानसिक आघात कम गर्न डंगोलको पहल

इच्छाकामना न्युज

२६, भाद्र २०८३
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना,मानसिक आघात कम गर्न डंगोलको पहल
images

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आइपुगेका १३२ जना बालबालिकाको विद्यालय शिक्षालाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रय लिएर बसेका ती बालबालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाएको हो ।

images
images
विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षाकोठामा उपस्थित भएका थिए । विपद्ले बालबालिकाको मनमा पुर्‍याएको गहिरो चोट कम गर्न र उनीहरूको आवश्यकता बुझ्न काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल स्वयं विद्यालय पुगेर विद्यार्थीलाई हौसला दिएकी छन् ।
प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हाम्रो बोली–वचन र व्यवहारले बालबालिकालाई थप चोट नपुगोस्। उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात भुल्न सघाउनु । अहिल्यै किताब र पाठ घोकाउनुभन्दा पनि उनीहरूभित्र रहेको त्रास हटाउन परामर्शमा ध्यान दिनु।’

विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा शिक्षा विभागका अधिकारीहरूले विद्यालयमै पुगेर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरिरहेका छन् । विद्यालय आउनेमध्ये केही बालबालिकाले बाआमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमामध्ये एक जना मात्र जीवित छन् । परिवार भएका कतिपय बालबालिकाको पनि घर र बासस्थान पूर्ण रूपमा गुमेको छ ।

विद्यालय जाने यी विद्यार्थीहरूका लागि ‘कोशिस नेपाल’ले स्कुल झोला, पोसाक र मनोसामाजिक परामर्शको व्यवस्था गरिदिएको छ । यस्तै, आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्‍याउन ‘एलआरआई स्कुल’ले यातायातको साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

विद्यालयमा दोस्रो दिन ६१ जना विद्यार्थी उपस्थित भएका छन् । गीतामाता स्कुलका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार विद्यालय आउन मानसिक रूपमा तयार भएका विद्यार्थीहरू विस्तारै कक्षामा फर्किरहेका छन् । उनले भने, ‘गहिरो मानसिक तनावमा परेका बालबालिकालाई जबरजस्ती गरिएको छैन, परामर्श दिएर बिस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ र विद्यार्थीको उपस्थिति दैनिक बढ्दै छ ।’

महानगरको सम्पर्कमा रहेका १३२ जना बालबालिका प्रारम्भिक बालविकास ९ईसीडी० देखि कक्षा १२ सम्म अध्ययनरत छन् । जसमा सबैभन्दा धेरै कक्षा १ मा ४५ जना रहेका छन् । त्यस्तै, इसीडी र कक्षा १० मा २–२ जना, नर्सरी, युकेजी र कक्षा १२ मा १–१ जना छन् । यसैगरी कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेको महानगरको तथ्यांक छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०८३ शुक्रवार - ११:०४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology