काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन्। नवनियुक्त मन्त्री शाहले बिहीबार नै शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य दीपककुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।