Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना जेसीजद्वारा जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन

इच्छाकामना जेसीजद्वारा जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन

इच्छाकामना न्युज

२४, भाद्र २०८३
इच्छाकामना जेसीजद्वारा जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन
images
मुग्लिन । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुको सम्झनामा इच्छाकामना जेसीजको आयोजनामा मुग्लिनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। मुग्लिनस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागीहरूले शहीदहरूप्रति
श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन्।
 
कार्यक्रममा इच्छाकामना क्षेत्रका विभिन्न संघ–संस्था, युवा, महिला, व्यवसायी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शहीदहरूको बलिदानलाई स्मरण गर्दै शान्ति, सुशासन र सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध रहने सन्देश दिएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग तथा सहभागिता जनाउने सम्पूर्ण संघ–संस्था, सहयोगी तथा स्थानीयवासीप्रति इच्छाकामना जेसीजले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

images
प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - १३:२०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology