Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई सहयोग

चितवन कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई सहयोग

इच्छाकामना न्युज

२३, भाद्र २०८३
चितवन कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई सहयोग
images

चितवन। यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।

images
images

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् ।

कैदीबन्दीले रु १०० देखि रु दुई हजारसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो । रु. तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो । प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।

images
प्रकाशित मिति :भाद्र २३, २०८३ मंगलवार - १२:२९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology