Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ

जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ

इच्छाकामना न्युज

२२, भाद्र २०८३
जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ
images

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले जनधनको क्षति भएको विषयमा सामाजिक सहिष्णुतामा खलल पुग्ने गरी अभिव्यक्ति दिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।

images
images

उनलाई भदौ २० मा पक्राउ गरेर अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताए । 


भोटेकोशीमा बाढीले मानिसहरू बगाएको विषयमा खुसी व्यक्त गर्दै आरोपीले विभिन्न जातिहरूलाई लक्षित गर्दै उनीहरूलाई बगाउँदा राम्रो भएको र जनसङ्ख्या घटेको अभिव्यक्ति दिएका थिए । त्यसबारे भिडियो बनाएर फेसबुकको रिलमा प्रसारण गरेपछि साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो । आरोपी काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्दै आएका थिए ।
 

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - १४:४७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology