Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिफानको अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध

जिफानको अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध

इच्छाकामना न्युज

२०, भाद्र २०८३
जिफानको अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध
images

पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । 
जिफानको शुक्रबार पोखरामा सम्पन्न १८औं साधारणसभा तथा नवौं राष्ट्रिय अधिवेशनले गुरुङको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । 

images
images


२५ सदस्यीय केन्द्रीय समितिको प्रथम उपाध्यक्षमा कुविना गुरुङ, द्वितीय उपाध्यक्षमा टेकबहादुर गुरुङ, महिला उपाध्यक्षमा सपना गुरुङ, महासचिवमा गलबहादुर गुरुङ, कोषाध्यक्षमा इन्द्रमाया गुरुङ तथा सचिवमा गंगाबहादुर गुरुङ र रामप्रसाद गुरुङ निर्वाचित भएका छन् । प्राविधिक विभाग प्रमुखमा भीमसेन गुरुङ, महिला विभाग प्रमुखमा अनुता गुरुङ, आर्थिक विभाग प्रमुखमा तारा गुरुङ, गीत–संगीत विभाग प्रमुखमा नवीनकुमार गुरुङ, भाषा–संस्कृति विभाग प्रमुखमा टार्जन गुरुङ र प्रचार–प्रसार विभाग प्रमुखमा रक्षा गुरुङ चयन भए ।

समिति सदस्यहरुमा निकोलस गुरुङ, सन्देश गुरुङ, गणेशमान घले, कविता गुरुङ, धनमाया गुरुङ, अन्जु गुरुङ, सुस्मी गुरुङ, मनोज गुरुङ, सुजित गुरुङ, प्रतिमा गुरुङ र कृष्टी गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।निर्वाचन मण्डलका संयोजक अधिवक्ता जुनाकुमारी गुरुङका अनुसार प्रथम उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कुविना गुरुङ निर्वाचित भएकी हुन् भने अन्य पदाधिकारी, विभाग प्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन्।
निर्माता–निर्देशक विभाग प्रमुख, संघ–संस्था विभाग प्रमुख र बजार विभाग प्रमुख भने पछि सदस्यहरूमध्येबाट मनोनयन गरिने निर्वाचन मण्डलले जनाएको छ ।


निर्वाचन सम्पन्न गर्नका लागि कानुनी सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङ संयोजक र सदस्यहरुमा संस्थागत सल्लाहकार तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, पुर्व अध्यक्ष एवम सल्लाहकार भोजबहादुर गुरुङ र सल्लाहकार कृष्ण कुमार गुरुङ रहेको निर्वाचन समिती गठन गरिएको थियो।  नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिती संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले सपथ ग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङले जिफानलाई उदाहरण्र्‍य बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।


जिफानका अध्यक्ष राजबहादुर गुरुङ राजेशको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनको जिफानका पुर्व अध्यक्ष, गण्डकी प्रदेशका पुर्वमन्री माननीय बेदनहाफुर गुरुङले उद्घाटन गरेका थिए भने महासचिव तोलबहादुर गुरुङ लब्सनले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष इन्द्रमाया गुरुङ प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो।

images
प्रकाशित मिति :भाद्र २०, २०८३ शनिवार - १५:३४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology