Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री सुधन गुरुङ

आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री सुधन गुरुङ

इच्छाकामना न्युज

१९, भाद्र २०८३
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री सुधन गुरुङ
images

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन् । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी बाढी प्रभावित क्षेत्रको मैदानमै उत्रिएर काम गरिरहेका हुन् ।

images
images
उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो । सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हवाई मार्ग ९हेलिकप्टर० मार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धार गरिएका व्यक्तिहरुलाई स्ट्रेचरमै राखेर अक्सिजन दिंदै गर्दा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर हिडिरहेको अवस्थामा देखिएका हुन् ।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको विवरण प्राप्त भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

गृहमन्त्री गुरुङले कार्यक्षेत्रमै रहेर उद्धार टोलीलाई आवश्यक स्रोत–साधन परिचालन र निर्देशन दिँदै खोज कार्यलाई तीव्र बनाउन सहजीकरण गरिरहेका छन् । तर फिल्डमै खटेर स्टन्ट गरेको, सामाजिक संजालमा लोकप्रियता कमाउन खोजेको र व्यवस्थापन एवम समन्वयमा काम नगरेको भनेर गृहमन्त्रीको आलोचना भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - १०:५८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology