Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाढीपीडितको उद्धारमा बेलायती गोर्खा सैनिक पठाउन पूर्वउपमेयर गुरुङको आग्रह

बाढीपीडितको उद्धारमा बेलायती गोर्खा सैनिक पठाउन पूर्वउपमेयर गुरुङको आग्रह

इच्छाकामना न्युज

१८, भाद्र २०८३
बाढीपीडितको उद्धारमा बेलायती गोर्खा सैनिक पठाउन पूर्वउपमेयर गुरुङको आग्रह
images

बेलायतस्थित नेपाली समुदायका अगुवा तथा लन्डन बर्नेट काउन्टीका पूर्वउपमेयर काउन्सिलर लक्ष गुरुङले नेपालका बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बेलायती गोर्खा सैनिक परिचालन गर्न बेलायती प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

images
images

सेप्टेम्बर १ मा प्रधानमन्त्री एन्डी बर्नह्यामलाई पत्र पठाउँदै गुरुङले बेलायतले घोषणा गरेको ५ मिलियन पाउन्ड राहत सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगका लागि तीनबुँदे माग राखेका हुन्। उनले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, औषधि र आवासको व्यवस्था गर्न राहत बढाउन, ध्वस्त सडक, पुल, विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणमा दीर्घकालीन सहयोग गर्न र रसुवालगायत उत्तरी जिल्लामा उद्धार तथा पुनःस्थापनाका लागि ब्रिटिस गोर्खा सैनिक परिचालन गर्न आग्रह गरेका छन्।

सन् २०१५ को भूकम्पमा गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै उनले यस्तो सहयोगले नेपाल–बेलायतको ऐतिहासिक सम्बन्ध अझ बलियो बनाउने बताएका छन्। गुरुङले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई ध्यानमा राख्दै जलवायु उत्थानशील पूर्वाधार निर्माणमा पनि बेलायतले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।

images
प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १६:५६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology