कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडासदस्य जित बहादुर मगरको निधन भएको छ ।
पछिल्लो समय क्यान्सर रोगको उपचारक गराईरहेका उनको गएराती निधन भएको हो । उनको शवको आजै अन्त्येष्टि गरिएको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।
वडासदस्य मगर २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा उम्मेद्वार रहि निर्वाचित भएका थिए ।