Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रतिनिधिसभा बैठकमा नेताहरुको सम्बोधन 

प्रतिनिधिसभा बैठकमा नेताहरुको सम्बोधन 

images

इच्छाकामना न्युज

६, चैत्र २०७७
प्रतिनिधिसभा बैठकमा नेताहरुको सम्बोधन 
images

काठमाण्डौ, ६ फागुन । आज बसेको प्रतिनिधिसभा बैठकमा राजनितिक दलका नेताहरुले समबोधन गरेका छन् । संसद बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिनुभएको छ ।  

बैठकमा उहाँले जनताको पक्षमा सरकारको नेतृत्व गर्न भनेर ओलीलाई प्रधानमन्त्री बनाएको भएपनि प्रधानमन्त्री तानाशाही बनेको बताउनुभयो ।  निर्वाचनबाट दुई–तिहाइ बहुमत ल्याउने धाक दिएर लाज छोप्ने प्रयास गरेको उहाँको आरोप छ । सङ्घीयता , गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी शासन प्रणाली प्रधानमन्त्री ओलीलाई मन नपर्ने गरेको पनि सांसद भुसालले बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका सांसद बालकृष्ण खाणले सरकारले कागजको विकास मात्र गरेको टिप्पणी गर्नुभएको छ । विस्तृत परियोजना प्रतिवेदन र बजेटबिना धमाधम सडक, पुल, स्वास्थ्य संस्था आदिको शिलान्यास गरेको भन्दै त्यो सबै कागजी विकास भएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउनु राम्रो भएको तर त्यो सपना पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना भएको भन्दै उहाँले सरकारले कतै भट्टराईको नाम उल्लेख गर्न कञ्जुस्याइँ गरेको पनि बताउनुभयो ।  देशको स्थितिबारे श्वेत पत्र सरकारले जारी गर्नुपर्ने पनि नेता खाणले बताउनुभयो ।  

यस्तै जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनेर दावी गर्नेहरुले नै अहिले त्यो संविधान च्यातेको आरोप लगाउनुभयो । यादवले वर्तमान संविधानलाई अन्तिम रुप दिँदै गर्दा आफूहरुले केही विषयमा असहमति राखेर विरोध जनाएको स्मरण गराउदै त्यतिबेला आफूहरुलाई थिचोमिचो गरेर संविधान जारी गर्ने तथा संविधान जारी भइसकेपछि ‘विश्वकै उत्कृष्ट संविधान’ भनेर दावी गर्नेहरुले नै अहिले संविधानलाई च्यातेको बताउनुभयो ।  अहिले हामीले पो यो संविधानको रक्षा गर्नु परिरहेको छ, उहाँले भन्नुभयो ।

बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, जनमोर्चाका सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गर्नुभएको थियो । बैठक आउँदो १० गते सम्मका लागि स्थिगित भएको छ । 

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १७:४०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology