Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको जोखिम

इच्छाकामना न्युज

१८, भाद्र २०८३
भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको जोखिम
images

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना जानकारी दिए । “ती नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ”, उनले भने ।
 
यसैगरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पामा आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
 
महाशाखाका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर जिल्ला आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । 

images
images

images
प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - ११:३८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology