Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाले विपद् प्रभावितलाई ११ लाख सहयोग गर्ने,बेपत्ता खोजीमा प्रतिव्यक्ति २५ हजार

इच्छाकामनाले विपद् प्रभावितलाई ११ लाख सहयोग गर्ने,बेपत्ता खोजीमा प्रतिव्यक्ति २५ हजार

इच्छाकामना न्युज

१७, भाद्र २०८३
इच्छाकामनाले विपद् प्रभावितलाई ११ लाख सहयोग गर्ने,बेपत्ता खोजीमा प्रतिव्यक्ति २५ हजार
images

कुरिनटार । इच्छाकामना गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि रु। ११ लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

images
images

बैठकले पालिकाभित्र बाढीका कारण बेपत्ता भएका व्यक्तिको खोजतलास तथा उद्धारका लागि प्रति व्यक्ति रु। २५ हजार उपलब्ध गराउने निर्णयसमेत गरेको छ। त्यस्तै, विपद्का कारण क्षति पुगेका सडक, पार्क, बस्ती, खानेपानी तथा कुलो लगायतका संरचनाको मर्मत–सम्भार गर्ने निर्णय गरिएको छ। भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विपद् सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा समुदायलाई पूर्वतयारीमा जोड दिने निर्णय पनि बैठकले गरेको छ।

विपद् व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै बैठकले शिक्षक, विभिन्न संघसंस्था तथा सरोकारवालालाई राहत, उद्धार तथा व्यवस्थापन कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। गाउँपालिकाले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वयका साथ काम अघि बढाउने जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १७, २०८३ बुधवार - १४:२७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology