Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

खाजा खर्च जोगाएर प्रगती पाठशालाका विद्यार्थीले गरे राहत कोषमा सहयोग

खाजा खर्च जोगाएर प्रगती पाठशालाका विद्यार्थीले गरे राहत कोषमा सहयोग

images

इच्छाकामना न्युज

१६, भाद्र २०८३
खाजा खर्च जोगाएर प्रगती पाठशालाका विद्यार्थीले गरे राहत कोषमा सहयोग
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका–६, कुरिनटारस्थित प्रगती पाठशालामा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूले आफ्नो खाजा खर्च जोगाएर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूले खाजा खर्चबाट बचत गरेको ३ हजार ८ सय रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

विपद्का कारण पीडित बनेका नागरिकलाई आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने भावनासहित विद्यार्थीहरूले रकम संकलन गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको सानो बचतबाट गरिएको यो सहयोगले विपद्को समयमा मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

images
प्रकाशित मिति :भाद्र १६, २०८३ मंगलवार - १८:४९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology