आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँबुखैरेनी सिटिले प्रधानमन्त्री दैवीप्रकोप राहतकोषमा ५० हजार २ सय २५ रुपैयाँ जम्मा गरेको छ ।
रसुवाको बाढी प्रभावितलाई राहत सहयोग पुगोस भन्ने हेतुले क्लवले आज राहतकोषमा उक्त रकम जम्मा गरेको हो । क्लवमा आवद्ध ५३ जना सदस्यहरुबाट संकलन गरिएको सहयोग रकम मानव कल्याणमा सघाउ पुगोस भन्ने अपेक्षाले सहयोग गरिएको लायन्स क्लव अफ आबुखैरेनी सिटिका अध्यक्ष गोविन्दप्रसाद खनालले बताए । ´हामी सबैलाई सहयोग गर्न अपिल पनि गर्दछौ` -उनले भने ।