Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै

के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै

इच्छाकामना न्युज

१५, भाद्र २०८३
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै
images

काठमाडौं — के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री भोलि बिहान (भदौ १५ गते) बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ प्रस्थान गराउने भएको छ। यस पहिलो चरणको राहत अभियान अन्तर्गत करिब रु. ३० लाख बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने हेतुले यो पहिलो चरणको सहयोग पठाउन लागिएको ग्रुपले जनाएको छ।

images
images

राहत सामग्रीमा समावेश वस्तुहरू: चामल, दाल र नुन गहुँको पिठो र खाने तेल बिस्कुट, चिउरा, दालमोठ र विभिन्न मसलाहरू वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ।

के एल दुगड ग्रुपको बारेमा: सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो। यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खाने तेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ। ग्रुप अन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन्।

images
प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - १८:३४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology