Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

इच्छाकामना न्युज

१५, भाद्र २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
images

काठमाडौं।अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) साँझ ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

images
images
जसमा मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं। ९ राजदुवाली ९झापा देखि ताप्लेजुङ सडक० मा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।
वि।पि। राजमार्गमा सम्भावित बाढीका कारण राती १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ ।कान्तिलोकपथ अन्तर्गत हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा १७ः०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गा.पा.वडा नं. ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । यो अवरोध लामो समयसम्म रहने जनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - १०:४६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology