Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विपद्का बेला सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन

विपद्का बेला सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन

इच्छाकामना न्युज

१४, भाद्र २०८३
विपद्का बेला सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन
images

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

images
images
ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पदाधिकारी, केन्द्रिय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति गगनकुमार थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताउनु भयो । उहाँले सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पार्नुभयो ।
 
सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताउनु भयो । उहाँले विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वभाविक भएको उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै थापाले संघीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो । स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको तर्क छ ।
 
मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनैपनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिनुभयो । अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सोमवारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ । फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने उहाँले बताउनु भयो ।

images
प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - १३:३६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology