Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल तमू विद्यार्थी छोंज धीं देवघाट इकाइको अध्यक्षमा मुना तमूस्यो निर्वाचित

नेपाल तमू विद्यार्थी छोंज धीं देवघाट इकाइको अध्यक्षमा मुना तमूस्यो निर्वाचित

इच्छाकामना न्युज

१४, भाद्र २०८३
नेपाल तमू विद्यार्थी छोंज धीं देवघाट इकाइको अध्यक्षमा मुना तमूस्यो निर्वाचित
images

देवघाट । नेपाल तमू विद्यार्थी छोंज धीं, देवघाट इकाइ समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मुना तमूस्योको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

images
images

भदौ १३ गते सम्पन्न अधिवेशन देवघाट इकाइ समितिका अध्यक्ष रिया तमूस्योको अध्यक्षतामा भएको थियो। कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, देवघाट इकाइ समितिका सचिव दुर्गालाल तमूको प्रमुख आतिथ्यता तथा तनहुँ जिल्ला महिला उपाध्यक्ष सुष्मा तमूस्योको विशिष्ट आतिथ्यता रहेको थियो।

अधिवेशनमा तमू समुदायका विभिन्न अग्रज तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले तमू विद्यार्थीहरूको हकहित, शिक्षा, नेतृत्व विकास तथा भाषा, संस्कार र संस्कृतिको संरक्षणमा विद्यार्थी संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

अधिवेशनले मुना तमूस्योको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

images
प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - ११:१५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology