काठमाडौँ। त्रिशूली–३ ‘ए’को सुरुङ खुलाउन विस्फोटक पदार्थको प्रयोग गरिएको छ। जलविद्युत् आयोजनाको माथिपट्टि रहेको ढुंगा तथा चटान फुटाउन उद्धारमा खटिएको टोलीले विस्फोटक पदार्थ प्रयोग गरेको हो। भित्र फसेका मानिसको सुरक्षालाई ख्यालमा राख्दै विस्फोटक पदार्थ प्रयोग गर्न थालिएको नेपाल विद्युत् प्राधिरकणका एक अधिकारीले जानकारी दिए।
सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटिएको छ।
उद्धार सहायताका लागि आएको भारतीय टोली पनि हाल सोही क्षेत्रमा खटिएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ मा भोटेकोसी बाढीमा परेर ४२ जना सम्पर्कविहीन छन्।