Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाले आधारभूत अस्पताल कुरिनटारलाई सेल्टरका रूपमा तयारी अवस्थामा राखिने

इच्छाकामना गाउँपालिकाले आधारभूत अस्पताल कुरिनटारलाई सेल्टरका रूपमा तयारी अवस्थामा राखिने

इच्छाकामना न्युज

१२, भाद्र २०८३
इच्छाकामना गाउँपालिकाले आधारभूत अस्पताल कुरिनटारलाई सेल्टरका रूपमा तयारी अवस्थामा राखिने
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाले बाढी तथा अन्य विपद्को जोखिम अझै कायमै रहेकाले नदी आसपासका क्षेत्रमा नजान र नदी तथा खोलानजिक बस्तीमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।

images
images

गाउँपालिकाले कुनै पनि बेला विपद् आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नवनिर्मित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारको भवनलाई आपत्कालीन सेल्टरका रूपमा तयारी अवस्थामा राखिएको जनाएको छ।

सशस्त्र प्रहरी बल ,विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारसँगको समन्वयमा तत्काल आपत्कालीन उद्धार तथा सुरक्षित स्थानान्तरण आवश्यक परेमा प्रभावित नागरिकलाई आधारभूत अस्पतालमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो।

उहाँका अनुसार बाढी, पहिरो लगायतका जुनसुकै विपद् आइपरेमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न अस्पताललाई तयारी अवस्थामा राखिएको हो।अध्यक्ष गुरुङले विपद्का समयमा तत्काल उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, नदी तथा खोलाको बहाव बढेको अवस्थामा आवतजावत नगर्न र सम्भावित विपद्का संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १४:५३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology