Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

इच्छाकामना न्युज

११, भाद्र २०८३
भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
images

काठमाडौं। भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।

images
images
उक्त ताल निरन्तर बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो । बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय तह र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरेको छ ।

 

images
प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - १७:४५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology