Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना चोरी गर्ने दुई जना पक्राउ

चितवनमा बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना चोरी गर्ने दुई जना पक्राउ

इच्छाकामना न्युज

११, भाद्र २०८३
चितवनमा बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना चोरी गर्ने दुई जना पक्राउ
images

भरतपुर । विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी राख्दै तत्काल पक्राउ गर्ने नीति चितवन प्रहरीले अघि बढाएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।

२०८३ भदौ १० गते तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।
भिडियोको अनुसन्धान गर्ने क्रममा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई २०८३ भदौ ११ गते भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीला चोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेको अवस्थामा मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गर्ने भन्दै प्रहरीले यस्ता गतिविधि रोक्न कडाइ गरेको जनाएको छ। प्रहरीले विपद्का समयमा लुटपाट, चोरी तथा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण भेटिए तत्काल प्रहरीलाई सूचना दिन समेत आग्रह गरेको छ।

images
images

images
प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - १७:३७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology